शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:०१ |सिड्नीको समय: १७:०१ |काठमाडौंको समय: १२:४६

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश

एएनजेड खबरमे २३, २०२४

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने दरपीठ आदेश खारेज गरेको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेलाई दिएको ‘दोषी नरहेको आशय’ को पत्रको वैधतामाथि प्रश्न उठाई रिट पेश गरेका थिए ।

रवि सहकारी लगायतका विभिन्न प्रकरणमा आफू दोषी नरहेको भन्ने महान्यायाधीवक्ता कार्यालयको पत्र देखाउँदै हिँड्ने गरेका थिए । उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर रविलाई उक्त पत्र दिएर कानूनी शासनकै अपमान गरेको आरोप खेपिरहेको छ ।

तपाइँको प्रतिक्रिया