शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १८:४५ |सिड्नीको समय: १६:४५ |काठमाडौंको समय: १२:३०

सीप मेला हेर्न अष्ट्रेयाली राजदूत टुँडिखेलमा, प्रोत्साहित भएको प्रतिक्रिया

एएनजेड खबरमे २२, २०२४

काठमाडौँ । अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को स्थलगत अवलोकन गरेकी छिन् ।

भोल्कलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थलगत जानकारी गराइन । मंगलबार भएको अवलोकन भ्रमणका क्रममा राजदूत भोल्कले, तालिमको पाठ््यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेकी थिइन ।

राजदूतका जिज्ञासाको जवाफमा उपप्रमुख डंगोलले, ‘सिप मेला’ सबैलाई समान अवसर प्रदान गर्ने व्यवसायिक पेशाको क्षमता विकास कार्यक्रम भएको बताइन । ‘तालिम लिएकाहरुलाई रोजगार, स्वरोजगार र अन द जब टे«निङ्मा आवद्ध गराउन तालिमका अन्तिम २ दिन रोजगार मेलाको आयोजना गर्नेछौँ ।’ उनले भनिन, ‘तालिममा प्रयोगात्मक कक्षा सञ्चालन हुनु महत्वपूर्ण पक्ष हो । प्रयोगात्मक कक्षाबाट विद्यार्थीहरुले अहिले नै देखिने सिप विकास प्रदर्शन गरिसक्नुभएको छ । फलामको घर निर्माण भएको छ । इटाको गारो लगाएर भवनको जग निर्माण भएको छ । टाइल र मार्वल राखेका संरचना निर्माण भएका छन् ।’

अवलोकनका क्रममा राजदूत भोल्कले, मेलाबाट आफू प्रोत्साहित भएको प्रतिक्रिया दिइन । ‘स्वदेशमा अवसर छन् । म यहीँ केही गर्न सक्छु । यसका लागि मेरो क्षमता छ भन्ने सन्देश, मेलाको महत्वपूर्ण पक्ष हो भन्ने मैले ठानेकी छु ।’ उनले यस्ता तालिमका लागि संघीय सरकारले नीति बनाएर प्रदेश सरकार, स्थानीय सरकार र साझेदार बिच सहकार्य हुने वातावरण तयार गर्न सके प्रभावकारी नतिजा आउने उनको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया