शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १८:३६ |सिड्नीको समय: १६:३६ |काठमाडौंको समय: १२:२१

सिंहदरबारको फोहोर नउठाउने बालेनको चेतावनी

एएनजेड खबरमे २०, २०२४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोक्ने ट्रकका चार जना चालकलाई प्रहरीले समातेको भन्दै सिंहदरबारलगायतका स्थानको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले चालकहरुलाई नछाडेसम्म सिंहदरबार, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने घोषणा गरेका हुन् ।

भ्रष्टहरुलाई समात्न नसक्नेले महानगरपालिकाका चालकहरु समातेको भन्दै आक्रोशित हुनुभएका मेयर साहले को को जुध्न आउने हो आए हुन्छ भन्दै कसैलाई बाँकी नछाड्ने पनि बताएका छन् ।

तपाइँको प्रतिक्रिया