शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १८:४९ |सिड्नीको समय: १६:४९ |काठमाडौंको समय: १२:३४

१० महिनामा छ लाख युवा विदेशिए

एएनजेड खबरमे २०, २०२४

काठमाडौं । चालु आव २०८०।८१ को १० महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म रोजगारीका लागि छ लाख १२ हजार ९१० जनाले लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।

वैशाख महिनामा पहिलो श्रम गन्तव्य मलेसिया बन्न सफल भएको छ । यस अवधिमा मलेसियाका लागि १६ हजार ९४९ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । चालु आवको १० महिनामा ७९ हजारले श्रम स्वीकृति लिएर मलेसिया गएका छन् ।

यस अवधिमा दोस्रो श्रम गन्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ सो अवधिमा युएईका लागि १६ हजार ५१२ जनाले श्रम स्वीकृति लिएर गएका छन् । यस्तै सो अवधिमा कतारका लागि ११ हजार १०७ जनाले र साउदी अरबका लागि ११ हजार ६१ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

तपाइँको प्रतिक्रिया