शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:२५ |सिड्नीको समय: १७:२५ |काठमाडौंको समय: १३:१०

संसदीय छानबिन समिति बनाउन सहमति, कानुनमन्त्रीले टिओआर बनाउने

एएनजेड खबरमे १९, २०२४

काठमाडौँ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा समिति बनाउन सहमति भएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए। समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

उक्त समितिको टिओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ । लेखकले सहमति भएको र समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् ।

उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनले बताए ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए ।

तपाइँको प्रतिक्रिया