मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:०५ |सिड्नीको समय: ०५:०५ |काठमाडौंको समय: ००:५०

विश्वका सर्वाधिक धनी खेलाडी बने रोनाल्डो, तेस्रो स्थामा झरे मेसी

एएनजेड खबरमे १८, २०२४

एजेन्सी । फोब्र्सको सबैभन्दा कमाउने खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । फोब्र्सको सूचीमा रोनाल्डो करियरमा चौथो पटक सर्वाधिक धनी खेलाडी बनेका हुन् । उनी गत वर्ष साउदी अरेबियाको फुटबल क्लब अल नासरमा आबद्ध हुँदा पनि शीर्ष स्थानमै थिए ।

बिजनेस म्यागाजीन फोब्र्सले जनाएअनुसार ३९ वर्षीय पोर्चुगिज खेलाडीले २६० मिलियन डलर कमाएका छन् । रोनाल्डोका प्रतिद्वन्द्वी खेलाडी लियोनल मेसी भने तेस्रो स्थानमा झरेका छन् । अर्जेन्टिनाका महान खेलाडी मेसी स्पेनी गल्फर जोन राहमभन्दा पछाडि परेका हुन् । राहमले २१८ मिलियन डलर कमाउँदा मेसीले १३५ मिलियन डलर आर्जन गरेका छन् ।

फुटबलरहरू नेयमार र करिम बेन्जेमा साउदी प्रो लिगमा पुगेपछि शीर्ष १० मा अटिएका छन् । फोब्र्सको अनुसार पछिल्ला १२ महिनामा कमाएको आधारमा शीर्ष १० सर्वाधिक धनी खेलाडीको सूची तयार गरेको हो ।

तपाइँको प्रतिक्रिया