शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:३८ |सिड्नीको समय: १७:३८ |काठमाडौंको समय: १३:२३

मानवसेवा आश्रमका लागि बेलायतमा एक करोड ५० लाख रकम संकलन

एएनजेड खबरमे १७, २०२४

काठमाडौं । वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्माको अगुवाइमा मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम संकलन भएको छ । उक्त रकम वेलायतमा संकलन भएको हो ।

आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउने उद्देश्यले केही साता यतादेखि बेलायत थिइन ।

गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लबको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थानमा आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताइन ।

संकलित रकममध्ये ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र आठ लाख ४१ हजार रुपैंयाँ आनी छोइङ डोल्माज्यूको अटोवायोग्राफी पुस्तक फूलको आँखामा विक्रीबाट संकलन भएको हो ।

कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पुर्‍याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताए ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलयतबासी नेपालीहरूको मन जित्न सक्ने गरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यवाद दिँदै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा गराउन सकैको साथ र सहयोग आवश्यक पर्दछ भने ।

तपाइँको प्रतिक्रिया