मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:०५ |सिड्नीको समय: ०५:०५ |काठमाडौंको समय: ००:५०

अष्ट्रेलियालाई महिला एसियाली फुटबल कप आयोजना गर्ने अधिकार

एएनजेड खबरमे १७, २०२४

सिड्नी । अष्ट्रेलियाले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएको छ । फुटबल अष्ट्रेलिया(एफए)लाई एएफसी कार्यकारी समितिले उक्त अधिकार प्रदान गरेको हो ।

प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेपछि अष्ट्रेलियामा खुशीयाली छाएको छ । अष्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा महिला एसियाली कपको आयोजना गरेको थियो ।

सन् २०२६ मा १२ टिमको महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु) क्विन्सल्यान्ड र पश्चिमी अष्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन् । सिड्नीको स्टेडियममा सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकको उपस्थितिको रेकर्ड बनाएर विश्वभर चर्चा भएको थियो ।

तपाइँको प्रतिक्रिया