मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:२२ |सिड्नीको समय: ०५:२२ |काठमाडौंको समय: ०१:०७

सफाइ पाएलगत्तै सन्दीप लामिछानेको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न अमेरिका जाने

एएनजेड खबरमे १६, २०२४

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गरेकामा उच्च अदालत पाटनले भने सन्दीपलाई सफाइ दिएको हो ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेकामा मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । पीडितले भने अब न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु पर्ने भएको छ ।

सफाइ पाए लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाइएको सबैखाले प्रतिबन्ध फुकुवा गरेको छ । क्यान पदाधिकारीको बुधबार बसेको बैठकले सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रि खेलमा लगाईको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रतिबन्ध फुकुवासंगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको छ । निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने निर्णय गरेको क्यानले प्राविधिक पक्षहरु मिलाएर सन्दीपलाई अमेरिका पठाइने जनाएको छ ।

आगामी जुन १ देखि आइसीसी टी–२० विश्व कप क्रिकेट अमेरिकामा शुरु हुदैछ । आइसीसीले मे २४ तारिखसम्म खेलाडी परिवर्तनको समय दिएको छ । क्यानले यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया