शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५४ |सिड्नीको समय: १८:५४ |काठमाडौंको समय: १४:३९

स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज बनाइने

एएनजेड खबरमे १५, २०२४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि स्वदेश र विदेशमा रहेका नेपालीले सहज रुपमा राहदानी पाउने व्यवस्था गरिने बताए ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित पुरातात्विक सम्पदा, पदमार्गको पहिचान गरी स्तरोन्नति गर्ने भएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित सम्पदाको पहिचान र स्तरोन्नति गर्ने बताए ।

तपाइँको प्रतिक्रिया