शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५८ |सिड्नीको समय: १८:५८ |काठमाडौंको समय: १४:४३

टोफेल आईबीटीको अंक सबै अष्ट्रेलियाली भिसाका लागि मान्य हुने

एएनजेड खबरमे १३, २०२४

काठमाडौं । टोफेल आईबीटीको अंक अब सबै अष्ट्रेलियाली भिसाका लागि मान्य हुने भएको छ । विश्वव्यापी रूपमा टोफेल परीक्षा सञ्चालन गर्ने ईटीएसका अनुसार ५ मे २०२४ देखि अष्ट्रेलिया अध्ययन गर्न, काम गर्न वा बसाइँ सर्न चाहने व्यक्तिहरूले टोफेल परीक्षाको अंक प्राप्त गरेर भिसा आवेदन दिन सक्नेछन् ।

उनीहरूले टोफेल आईबीटी परीक्षामार्फत आफ्नो अंग्रेजी दक्षता प्रमाणित गर्न सक्नेछन् । टोफेल आईबीटी अंग्रेजी भाषामा शैक्षिक दक्षता प्रमाणित गर्ने सबैभन्दा रुचाइएको परीक्षण प्रणाली हो र यसलाई अष्ट्रेलियाका १०० प्रतिशत विश्वविद्यालय र विश्वभरका १ सय ६० देशमा १२ हजार ५ सय बढी संस्थाद्वारा स्वीकार गरिएको छ । टोफेल आईबीटी परीक्षालाई मान्यता दिन गत वर्ष टोफेल आईबीटीमा गरिएका परिवर्तनपछि, अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए)ले समीक्षा गरेको थियो ।

डीएचएको सम्पूर्ण समीक्षामा सफल भएपछि टोफे ल आईबीटी भिसा आवेदकको अंग्रेजी भाषामा दक्षता परीक्षणको भरपर्दो माध्ययमका रूपमा स्थापित भएको हो । ५ मे २०२४ देखि टोफेल आईबीटी परीक्षा दिएका आवेदकले आफ्नो अस्ट्रेलियाको भिसा आवेदनको अंगका रूपमा आफ्नो स्कोर बुझाउन सक्छन् ।

ईटीएस भारत र दक्षिण एसियाका कन्ट्री म्यानेजर सचिन जैनले भने, ‘ईटीएसमा हामी विश्वस्तरीय मूल्यांकनमार्फत विश्वव्यापी उच्च शिक्षा र गतिशीलतालाई सहज बनाउन प्रतिबद्ध छौं ।’ ईटीएस भारत र दक्षिण एसियाका कन्ट्री म्यानेजर सचिन जैनले भने, ‘ईटीएसमा हामी विश्वस्तरीय मूल्यांकनमार्फत विश्वव्यापी उच्च शिक्षा र गतिशीलतालाई सहज बनाउन प्रतिबद्ध छौं ।’ सन् २०२३ मा ५३ हजार बढी नेपाली विद्यार्थी तथा पेसाकर्मी अष्ट्रेलियाका विश्वविद्यालय तथा पेसामा आबद्ध भएका थिए ।

तपाइँको प्रतिक्रिया