शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५९ |सिड्नीको समय: १८:५९ |काठमाडौंको समय: १४:४४

अष्ट्रेलियामा आर्थिक कठिनाइ : एक तिहाइभन्दा बढी अष्ट्रेलियाली आर्थिक तनावमा

एएनजेड खबरमे १२, २०२४

मेलवर्न । अष्ट्रेलियामा रहेका मानिसहरुले आर्थिक कठिनाइको सामना गरिरहनुपरेको केही अध्ययनले देखाएको छ । मानिसहरुलाई आफ्नो आम्दानीले बाँच्न कठिन भइरहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का शोधकर्ताले गरेको सर्वेक्षण र हालै सार्वजनिक गरेको प्रतिवेदनमा ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको तथा ५० प्रतिशतले प्रमुख खरिद स्थगित गरेको बताएका छन्। सर्वेक्षणमा सहभागी ६२ प्रतिशतको यस्तो धारणा आएको हो ।

प्रतिवेदनका प्रमुख लेखक तथा एएनयूका स्कुल अफ पोलिटिक्स एन्ड इन्टरनेसनल रिलेसन्सका प्रमुख निकोलस बिडलले सन् २०२० फेब्रुअरीपछिको सर्वेक्षणले वित्तीय तनावको उच्चतम दर देखाएको बताएका छन् ।

जनवरीको एएनयूपोलमा सहभागीमध्ये ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको ५० प्रतिशतले प्रमुख खरिद स्थगित गरेको बताएका थिए ।

वित्तीय तनावलाई हेर्दा सम्भवतः मुलुकको दिशालाई लिएर असन्तुष्टी बढेको कुरालाई आश्चर्य मानिएको छैन । जनवरीको सर्वेक्षणले अष्ट्रेलियाली आवास बजारमा विशेष ध्यान केन्द्रित गरेको र भाडा वा ऋण भुक्तानीमा पछाडि परेका जनसङ्ख्याको अनुपात अप्रिल सन् २०१७ को दुई दशमलव दुई प्रतिशतबाट चार दशमलव आठ प्रतिशतमा दोब्बरभन्दा बढी भएको फेला पारेको थियो ।

‘यो वित्तीय तनावलाई हेर्दा आर्थिक सन्तुष्टिमा कमी आउनु आश्चर्यजनक होइन’, अनुसन्धानकर्ता बिडलले भने, ‘यो घटेर करिब ६२ प्रतिशत भएको छ, जुन सन् २०२३ को तुलनामा करिब १० प्रतिशतले कम हो ।’

बिडलले यो तथ्याङ्क कोभिड–१९ को महामारीका बेला ठूलो जनसङ्ख्या लकडाउनमा रहेका बेला गरिएको सर्वेक्षणको नतिजासँग बराबर भएको बताए ।

तपाइँको प्रतिक्रिया