शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २१:४४ |सिड्नीको समय: १९:४४ |काठमाडौंको समय: १५:२९

नेपाली अर्बपती विनोद चौधरीको पुस्तक न्युयोर्कमा प्रदर्शन

एएनजेड खबरमे ९, २०२४

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सदस्य एवं डलर अर्बपतिसमेत रहेका उद्योगी विनोद चौधरीको पुस्तक ‘मेकिङ इट बिग एमबीआई’ बिलिनियर्स डटकममा प्रमुखताका साथ प्रदर्शनमा राखिएको छ ।

अमेरिकाको न्युयोर्कमा ७ मेदेखि ९ सम्म भएको ‘इन्भेस्ट क्लब इभेन्ट’ का क्रममा उनको पुस्तक बिलिनियर्स डटकममा प्रदर्शनमा राखिएको हो । चौधरीले यसबारे खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा लेखेका छन् ।

ट्विटरमा चौधरीले उल्लेख गरेका छन्, ‘मेरो पुस्तक मेकिङ इट बिग लाई न्युयोर्कमा भएको कार्यक्रम इन्भेस्ट क्लब इभेन्टमा प्रमुखतासाथ प्रदर्शन गरिएको कुरा सेयर गर्न पाउँदा हुसी लागेको छ ।”

तपाइँको प्रतिक्रिया