शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १५:०६ |सिड्नीको समय: १३:०६ |काठमाडौंको समय: ०८:५१

सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार

एएनजेड खबरमार्च १८, २०२४

काठमाडौं । रुसमा भाडाका सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ ।

शुक्रबार युक्रेनी सैनिकले आफ्नो कब्जामा रहेका पाँच जना नेपालीसहित आठ जनालाई सार्वजनिक गरेसँगै परराष्ट्र मन्त्रालयले पनि छुटाउनका लागि पहल सुरु गरिसकेको छ । यद्यपि, युक्रेनले युद्धबन्दी बनाइएकालाई रुससँग भएको सम्झौता रद्द गरेर आफ्नो मुलुकमा जाने सर्तमा मात्र छाड्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले शुक्रबार सार्वजनिक गरेकामा पाँच नेपाली, तीन क्युवाली तथा एक–एक जना सोमालिया र सियरालियोनका नागरिक रहेका छन् ।

युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।

युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका सञ्चारकर्मी आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडियोनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको थियो । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेका बताइएको थियो ।

सैनिक पोसाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महिनाअघि रुसको राजधानी मस्को आएको बताएका थिए । एक एजेन्टले सेनामा भर्ती गर्न लागेको उनले बताएका थिए । रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौता’दयगत आफूलाई थाहा नभएको उनले भिडियोमा बताएका थिए ।

तपाइँको प्रतिक्रिया