शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १५:०० |सिड्नीको समय: १३:०० |काठमाडौंको समय: ०८:४५

आरके शर्माले भेटे परराष्ट्रमन्त्रीलाई, एनआरएनए अनियमितताबारे ध्यानाकर्षण

एएनजेड खबरमार्च १८, २०२४

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले उपप्रधान तथा पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

नयाँ सत्ता समीकरण बनेपछि गृहबाट परराष्ट्रमन्त्री बनेका श्रेष्ठलाई भेटेर अध्यक्ष शर्माले एनआरएनएको पछिल्लो घटनाक्रमबारे छलफल गरेका हुन् । मन्त्री निवास पुल्चोकमा भएको भेटमा शर्माले संघको काठमाडौंमा भएको ११ औँ निर्वाचनका क्रममा भएको अनियमितताको विषयमा ध्यानाकर्षण समेत गराएका थिए ।

उनले छानबिन समितिले सरकारलाई रिपोर्ट दिइसकेकाले संघलाई न्याय दिलाइदिन आग्रह गरेको जानकारी दिए । त्यसैगरी रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँदै मध्यपूर्व र विश्वभरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयको तर्फबाट पहलकदमी लिइदिन अनुरोध गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले आफू एनआरएनएसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै विभाजित एनआरएनएलाई मिलाउन आफ्नो पहल हुने बताए । उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पुरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन श्रेष्ठले आग्रह पनि गरेको शर्माले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया