शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १४:५८ |सिड्नीको समय: १२:५८ |काठमाडौंको समय: ०८:४३

उप निर्वाचनमा इलाम २ बाट उम्मेदवार बन्ने झलनाथको इच्छा

एएनजेड खबरमार्च १७, २०२४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा आफू पनि उम्मेदवार बन्ने संकेत गरेका छन् ।उनले आफू आफ्नो दल नेकपा (एस)को मात्र नभई सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको बताए ।

‘निर्णय चाहिँ भइसकेको छैन, म उम्मेदवार बन्नेबारे अरू दलसँग पनि छलफलमा छु,’ उनले भने, ‘म आउँदा मेरो दलको मात्र होइन, सबै वामपन्थी दलकै उम्मेदवार बनेर आउँछु ।’ अबको तीन–चार दिनभित्रमा आफ्नो उम्मेदवारीको टुंगो लाग्ने पनि खनालको भनाइ छ ।

‘मलाई मेरो दलमात्र होइन, केन्द्रमा अरू दलका नेता–कार्यकर्ताले तपाइँ उम्मेदवार बन्नुपर्छ भनिरहनुभएको छ,’ खनालले भने, ‘जिल्लाका अन्य दलका नेता–कार्यकर्तासँग पनि मेरो कुरा भइरहेको छ, मलाई उम्मेदवार बन्न बोलाइरहनुभएको छ ।’

करिब ३० वर्षको आफ्नै विरासत गुमाउँदै खनाल २०७९ सालको निर्वाचनमा इलाम क्षेत्र १ बाट पराजित भएका थिए । तत्कालीन गठबन्धनकै उम्मेदवार खनाल एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग दुई हजार छ सय ६४ मतान्तरले पराजित थिए । बस्नेतले २५ हजार सात सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए ।

इलाम क्षेत्र २ मा २०७९ सालको निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए ।

तपाइँको प्रतिक्रिया