शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १४:४५ |सिड्नीको समय: १२:४५ |काठमाडौंको समय: ०८:३०

सामान्य सोधपुछ गरि छाडिएका पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

एएनजेड खबरमार्च १५, २०२४

काठमाडौँ । नेपाल प्रहरीले अवैध सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई पक्राउ गरेको छ । शुक्रबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा दिपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई यसअघि सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपतिसमेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।

तपाइँको प्रतिक्रिया