शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १४:३९ |सिड्नीको समय: १२:३९ |काठमाडौंको समय: ०८:२४

उपनिर्वाचनका लागि १२ करोड माग भएपछि अर्थ मन्त्रालय हच्कियो

एएनजेड खबरमार्च १४, २०२४

काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरी दुवैमा प्रतिस्पर्धा गर्ने गरी दल दर्ता गर्न निवेदन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ ।

कोशी प्रदेशको इलाम क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य र सुदूरपश्चिमको बझाङ १ (१)मा प्रदेश सभा सदस्य पद रिक्त छन् । इलाम–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै पद रिक्त हुन पुगेको हो । दुवै पदका लागि २०८१ वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

उक्त निर्वाचनका लागि आयोगले १२ करोड रुपैयाँ माग गरेको छ । प्रतिनिधि सभाको एक सिट र प्रदेश सभाको १ सिटका लागि निर्वाचन गराउने जिम्मेवारीमा रहेको आयोगले अर्थमन्त्रालयसँग १२ करोड रुपैयाँ माग गरेको हो ।

तर अर्थमन्त्रालयले भने दुई क्षेत्रमा निर्वाचन गर्नका लागि आयोगबाट धेरै रकम माग भएको भन्दै माग भए बमोजिमको रकम विनियोजन गर्न नसक्ने जवाफ दिएको छ ।

तपाइँको प्रतिक्रिया