शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:४३ |सिड्नीको समय: १५:४३ |काठमाडौंको समय: ११:२८

वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्यो, यस्तो छ पछिल्लो तथ्यांक

एएनजेड खबरमार्च १३, २०२४

काठमाडौं । चालु आर्थिक बर्षको सात महिनामा वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिने युवाको संख्या ४ लाख ५ हजार ५ सय ५२ रहेको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने युवाको संख्या दैनिक १ हजार ९ सय २२ जना रहेको छ। यो संख्या ४ लाख ५ हजार ५ सय ५२ बाट दैनिकमा रुपान्तरण गरेर आउने संख्या हो ।

जसमा नयाँ कामको लागि जाने युवाको संख्या २ लाख ४७ हजार १२ र बिदामा नेपाल आएर पुनः रोजगारीका लागि जाने युवाको संख्या १ लाख ५८ हजार ५ सय ४० जना रहेका छन्। चालु आवको सात महिनामा रोजगारीका लागि जाने युवाको संख्या गत आव २०७९।०८० को सोही अवधिका भन्दा कम हो।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या ७६ हजार ९ सय २३ जनाले कम हो।

गत आवको सोही अवधिमा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या ४ लाख ८२ हजार ४ सय ७५ रहेको थियो। जसमा नयाँ कामका लागि जानेको संख्या ३ लाख १४ हजार ७ सय ६७ र बिदामा आइ पुनस् जानेको संख्या १ लाख ६७ हजार ७ सय ८ रहेको थियो।

तपाइँको प्रतिक्रिया