शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:५२ |सिड्नीको समय: १५:५२ |काठमाडौंको समय: ११:३७

रुसी दूतावासले लिएन नेपाली परिवारको निवेदन

एएनजेड खबरमार्च १२, २०२४

काठमाडौं । काठमाडौंस्थित रुसी दूतावासले रुसी सेनामा भर्ति भएका नेपाली नागरिकका परिवारको निवेदन समेत बुझ्न अस्वीकार गरेको छ ।

रुसी सेनामा भर्ति भएर ज्यान गुमाएका, सम्पर्कविहिन भएका र नेपाल फर्कन हारगुहार गरिरहेका नेपालीहरुका परिवारजन आज दूतावासमा निवेदन बुझाउन गएकोमा दूतावासका अधिकारीहरुले उनीहरुको निवेदन बुझ्न अस्वीकार गरेका हुन् । दूतावासका अधिकारीहरुले निवेदन लेटरबक्समा छाडेर जान भनेपछि उनीहरु निराश भएर फर्किएका थिए ।

नेपाल प्रहरी मार्फत रुसी दूतावासका अधिकारीहरुसंग समय लिएर निबेदन बुझाउन जाँदा पनि दूतावासले पीडितहरुको कुरा सुन्न र निवेदन लिन समेत अस्वीकार गरेको पीडित परिवारकी संयोजक कृतिका भण्डारीले बताइन् ।

दूतावासले निवेदन लिन समेत नमानेपछि पीडित परिवारहरुले आजै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै रुसी सेनामा रहेका आफन्तजनलाई फिर्ता गरिदिन आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया