शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:१७ |सिड्नीको समय: १५:१७ |काठमाडौंको समय: ११:०२

चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडे

एएनजेड खबरमार्च १२, २०२४

काठमाडौं । वर्षेनी स्थायी रुपमा देश छाड्नेको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थिरता, विदेशमा राम्रो जीवनशैली तथा काम गर्ने वातावरण, सहज रुपमा काम पाउनेलगायतका कारण विदेशिनेको संख्या बढेको हो ।

वितेको चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेको तथ्यांक छ । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।

अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययन प्रतिवेदन अनुसार सरकार वा नेपालको राजनीतिक प्रणाली खराब देखिएको छ । त्यस्तै स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार, साथीहरु वा आफन्त विदेशमा रहेका कारण पनि नेपालीहरुको विदेशिन आतुर रहेको प्रतिवेदनमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया