शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:२९ |सिड्नीको समय: १५:२९ |काठमाडौंको समय: ११:१४

राष्ट्रियसभाको भावी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी

एएनजेड खबरमार्च ११, २०२४

काठमाडौं, । राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्माले उम्मेदवारी दिएका छन् । उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखरकुमार सिंह (लोसपा) रहेका छन्।

तपाइँको प्रतिक्रिया