शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १६:३८ |सिड्नीको समय: १४:३८ |काठमाडौंको समय: १०:२३

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरको साहस : विनाअक्सिजन अन्नपूर्ण–१ को आरोहण गर्ने

एएनजेड खबरमार्च ९, २०२४

काठमाडौं । हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुमध्ये दुईवटा अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेकी अष्ट्रेलियाकी पर्वतारोही तथा पूर्वगाइड एली पेपरले अनौठो साहस गरेकी छिन् ।

४८ वर्षीया उनले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल विनाअक्सिजन आरोहण गर्ने भएकी छिन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको पनि सुनाइन् । उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत आरोहण गर्न लागेकी हुन् ।

एली पेपरले आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्येको विश्वको १०औं अग्लो ८,०९१ मिटर उचाईको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन्।

विनाअक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा नपालको माउन्ट चोयुबाट गरेकी थिइन्। हाल नयाँ सपनालाई साकार पार्न काठमाडौंमा बसेर काम गरिरहेकी छिन् । ब्रोडपिक विनाअक्सिजन आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिला पनि हुन् ।

पेपरले आफ्नो लक्ष्यअन्तर्गत हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुमध्ये दुई वटा अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरीसकेकी छिन्। विश्वमा हालसम्म ६ जनाले मात्र अक्सिजनबिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन्।

तपाइँको प्रतिक्रिया