शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १६:४२ |सिड्नीको समय: १४:४२ |काठमाडौंको समय: १०:२७

अध्यक्षमा रेशम चौधरी अवैधानिक !

एएनजेड खबरमार्च ८, २०२४

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक ठहर गरेको छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गरेसँगै अध्यक्ष अवैधानिक भएको बताएको हो ।

योसँगै आयोगले रेशम पत्नी रञ्जिता श्रेष्ठलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको बताएको छ । टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।

आयोगले रेशमको हकमा राष्ट्रपतिबाट सजायको माफी भएकै आधारमा ज्यानसम्बन्धी कसूरमा जन्मकैदको सजाय नपाएको भन्न सकिने अवस्था नरहेको ठहर गरेको हो ।

तपाइँको प्रतिक्रिया