सोमबार, मंसिर १०, २०८१ |Mon Nov, 2024
अक्ल्याण्डको समय: २२:४२ |सिड्नीको समय: २०:४२ |काठमाडौंको समय: १५:२७

भिजिट भिसामा नयाँ मापदण्ड लागु गरेसँगै विदेसिनेको संख्या दोब्बरले बढ्यो

एएनजेड खबरमार्च ८, २०२४

काठमाडौं । सरकारले भिजिट भिसामा नयाँ मापदण्ड लागु गरेसँगै विदेसिने नेपालीको संख्या बढ्दै गएको छ । गृह मन्त्रालयले माघ १० गतेदेखि भिजिट भिसामा जाने नागरिकको लागि नयाँ मापदण्ड जारी गरेसँगै विदेसिने नेपालीको संख्या दोब्बरले बढेको तथ्यांकले देखाएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार भिजिट भिसामा नयाँ मापदण्ड लागू हुनुपूर्व नेपालको बाटो हुँदै दैनिक करिब ९ सय ७५ नागरिक भिजिट भिसामा बाहिरिने गर्दथे। तर नयाँ मापदण्ड लागू गरेसँगै यसअघिको संख्या बढेर दैनिकी १५ सयको हाराहारीमा पुगेको छ।

नयाँ मापदण्ड लागू भएको माघ १० देखि फागुन १५ सम्मको तथ्यांक हेर्दा यसबीच ४२ हजार ६ सय २८ जना भिजिट भिसाको नाममा बाहिरिएका छन्। यसैको ठीक अघिल्लो महिना अर्थात् भिजिट भिसामा नयाँ मापदण्ड आउनुभन्दा अघिल्लो एक महिनामा २९ हजार २ सय ९६ जना भिजिट भिसामा बाहिरिएका छन्।

अहिलेकै समयमा ठीक एक वर्ष पहिलेको तथ्यांक हेर्ने हो भने माघ १० देखि फागुन १५ गतेसम्म ३६ हजार ८ सय ४८ जना भिजिट भिसामा विदेश गएका छन्। त्यस्तै अघिल्लो वर्षकै पुस ८ देखि माघ ९ गतेको तथ्यांक हेर्ने हो भने यो बीचमा ३३ हजार ५३ जना भिजिट भिसामा विदेश गएका छन्।

मापदण्ड लागू हुनुपूर्व अघिल्लो वर्ष यहीँ महिनामा दैनिकी १२ सयको हाराहारीमा भिजिट भिसामा विदेश गएको पाइएको छ भने नयाँ मापदण्ड लागू भएसँगै यो संख्या बढेर दैनिकी १५ सय पुगेको छ।

सरकारले भिजिट भिसामा यसअघिको १७बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्टसहित नयाँ मापदण्ड ल्याएको थियो।

तपाइँको प्रतिक्रिया