शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १६:२८ |सिड्नीको समय: १४:२८ |काठमाडौंको समय: १०:१३

नेपालको सामुदायिक बन क्षेत्रमा अष्ट्रेलियाको सहयोग महत्वपूर्ण

एएनजेड खबरमार्च ७, २०२४

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपालको सामुदायिक बन क्षेत्रमा अष्ट्रेलिया लामो समयदेखिको सहकार्य गर्दै आएकाले यसमा निरन्तरता दिने बताएकी छिन् ।

नेपाल सरकार बन तथा वातावरण मन्त्रालय र एसिआईएआरलाई सामुदायिक बन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राजदूतले अष्ट्रेलियाली सरकार समावेशी, दिगो जीविकोपार्जन र भविष्यका पुस्ताहरुकालागि सामुदायिक बनको लागि नेपालीका प्राथमिकताहरुमा सहयोग गर्न प्रतिबद्द रहेको उल्लेख गरिन् ।

सम्मेलन बन क्षेत्रको दशकौंको उपलब्धीहरुको उत्सव मनाउनका साथै सामुदायिक बनको भविष्यका बारेमा छलफलका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिइन् ।

तत्कालिन बन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले अध्यक्षता गर्नुभएको सम्मेलनमा अष्ट्रेलिया, वंगलादेश, जर्मनी, भारत, लावस, मलेसिया, फिलीपिन्स, थाईल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकाका बिज्ञहरु सहभागी थिए ।

राजदूत भोल्कले फरेष्ट एक्सन नेपाललाई हाल देखापरेका विविध विषयहरुमा सामुहिक र समान दृष्टिकोण बनाउन खेलेको भूमिकाका लागि धन्याबाद दिइन् ।

तपाइँको प्रतिक्रिया