शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १८:४६ |सिड्नीको समय: १६:४६ |काठमाडौंको समय: १२:३१

‘स्मार्ट सिटी’ सम्बन्धी वेबिनारको तयारीमा जय नेपाल फाउन्डेशन

एएनजेड खबरफ्रेब्रवरी २८, २०२४

काठमाडौँ । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘स्मार्ट सिटी : विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म’ विषयमा वेबिनार आयोजना गर्न लागेको छ। कार्यक्रम यही मार्च २ तारिख र अप्रिल ६ तारिख गरेर दुई चरणमा गर्न लागिएको छ। विषयवस्तुको गहनतालाई ध्यानमा राख्दै कार्यक्रम दुई चरणमा गर्न लागिएको आयोजकले बताए।

कार्यक्रममा पालुङ्गटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेल, दीपेश बिष्ट(सीईओ) सदस्य सचिव ई–गभर्नेन्स आयोग, इन्जिनियर सतीश त्रिपाठी, भीम ढुंगाना अध्यक्ष, नेपाल नगरपालिका संघ, तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख, बुटवल नगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगरपालिकाकी उप प्रमुख सपना पुन, डा.देशराज संयोक तथा केशव भट्टराई प्यानल छलफलमा सहभागी हुनेछन्। डा.नीरज श्रेष्ठले कार्यक्रमको संचालन गर्ने छन् भने जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्रि अर्यालले नेपालका स्थानीय निकायसंग समन्वय गर्ने छन्।

विश्वव्यापी रूपमा स्मार्ट सिटीको अवधारणा आइरहेको अवस्थामा नेपालमा समेत भावी दिनमा स्मार्ट सिटीहरुको विकास गर्न सघाउने उद्देश्यले दुइ चरणमा उक्त कार्यक्रम गर्न लागिएको जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा.यादव पण्डितले बताए।

तपाइँको प्रतिक्रिया