शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:५० |सिड्नीको समय: २०:५० |काठमाडौंको समय: १६:३५

रुस-युक्रेन युद्धमा मारिएका नेपालीको परिवारले कति पाउँछन् क्षतिपूर्ति ?

एएनजेड खबरफ्रेब्रवरी १५, २०२४

काठमाडौं । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको थियो । अब भने रुस नेपालतर्फ नरम देखिएको छ ।

नेपालले निरन्तर दबाब दिएपछि रुसले क्षतिपूर्ति रकम नेपालमै पठाउने निर्णय गरेको हो । ‘रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति रकम नेपालमै पठाउन रुस सहमत भएको छ, रुसले सो रकम नेपाली दूतावासलाई उपलब्ध गराउने छ, त्यसपछि दूतावासले नेपाल पठाउनेछ,’ मस्कोस्थित नेपाली दूतावास स्रोतले जनायो । रुस र युक्रेन युद्धका क्रममा कम्तीमा १४ जना नेपालीको ज्यान गइसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपि, रुसले युद्धमा भएको क्षतिका ’दयगतमा एकिन तथ्यांक दिएको छैन ।

रुसले क्षतिपूर्ति मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाउनेछ । त्यसपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनमा पठाउनेछ । जिल्ला प्रशासनले पीडितको एकिन गरेर सो क्षतिपूर्तिबापतको रकम पीडित परिवारलाई उपलब्ध गराउनेछ ।

हालसम्म रुसी सेनामा भर्ती भएका चार जना युक्रेनी सेनाको कब्जामा छन् । परराष्ट्र मन्त्रालयमार्फत १८ मंसिरमा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो । मन्त्रालयका अनुसार सो कूटनीतिक नोटको हालसम्म कुनै पनि जवाफ आएको छैन ।

युक्रनेसँगको युद्धअघि नेपालीले एउटा सहमतिपत्रमा हस्ताक्षर गरेनुसार उनीहरूले बिमा गरेको अवस्थामा डेढ करोड रुपैयाँ रकम क्षतिपूर्तिबापत पाउनेछन् । रुसी सेनामा भर्ना गर्दा अनिवार्य सबैको बिमा गरिएको हुन्छ । युद्धमा जानुअघि रुसी सेनाले राख्ने विभिन्न सर्तमा राजी भई हस्ताक्षर गर्दा बिमाको कुरा पनि राखिएको हुन्छ । सोही सहमतिनुसार नेपालीले कम्तीमा डेढ करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् ।

आदेशमा युक्रेनसँगको युद्धमा मारिने रुसी सैनिकका परिवारलाई क्षतिपूर्तिबापत ५० लाख रुबल (७२ लाख ९१ हजार नेपाली रुपैयाँ)उपलब्ध गराउने उल्लेख छ । पुटिनको आदेशमा उल्लेख भएनुसार नै नेपालले मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।

रुसले पनि सोहीनुसार नै क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । रुसले हालसम्म आफ्नो सेनामा भर्ती भएका १४ जना नेपालीको युक्रेनसँगको युद्धका क्रममा मारिएको जानकारी औपचारिक रूपमा नेपाल सरकारलाई गराएको छ ।

तपाइँको प्रतिक्रिया