शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:४८ |सिड्नीको समय: २०:४८ |काठमाडौंको समय: १६:३३

सन् २०२३ मा ३ लाख ४० हजारभन्दा बढी नेपाली नेपाल फर्किएनन्

एएनजेड खबरफ्रेब्रवरी १२, २०२४

काठमाडौं । विभिन्न प्रयोजनका लागि विदेश गएकामध्ये ३ लाख ४० हजारभन्दा बढी नेपाली सन् २०२३ मा स्वदेश नफर्किएको पाइएको छ ।

गृह मन्त्रालयले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेश गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिकले विभिन्न प्रयोजनका लागि देश छाडेको उल्लेख छ ।

सोही अवधिमा १२ लाख ६३ हजार ४६९ भित्रिएका थिए । यसर्थ, सन् २०२३ मा ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली नागरिकहरू नेपाल नफर्किएका हुन् ।

यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका छन् । त्यस्तै स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रूपमा विदेश मै रहने गरी गएका छन् ।

यस्तै सो अवधिमा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रूपमा विभिन्न देश गएका छन् । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ४ हजार ५१८ नागरिक बाहिरिएका छन् ।

तपाइँको प्रतिक्रिया