शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:४६ |सिड्नीको समय: २०:४६ |काठमाडौंको समय: १६:३१

हरेक नेपालीको थाप्लोमा ८१ हजार ७५९ रुपैयाँ ऋण

एएनजेड खबरफ्रेब्रवरी १२, २०२४

काठमाडौं । हरेक नेपालीको थाप्लोमा ८१ हजार ७५९ रुपैयाँ ऋण छ । नेपालको सन्दर्भमा सार्वजनिक ऋण निरन्तर बढ्दै गएको छ । सरकारले आफ्नो खर्च सञ्चालन र विभिन्न आयोजनाका लागि सार्वजनिक ऋण लिने गरेको छ ।

१० वर्ष अघि आर्थिक वर्ष २०७०।०७१ मा नेपालको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब थियो । हरेक नेपालीको भागमा झण्डै २१ हजार (२० हजार ८९१ रुपैयाँ)ऋण पर्थ्यो । तर, १० वर्षपछि अहिले आइपुग्दा सार्वजनिक ऋण झण्डै चार गुणाले बढेको छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख पुगेको छ, जुन हरेक नेपालीको भागमा बाँड्दा ८१ हजार ७५९ रुपैयाँ पर्छ ।

पुस महिनासम्म सरकारले लिएको सार्वजनिक ऋण गत आर्थिक वर्ष २०७९।८० कोभन्दा ८५ अर्ब १३ करोड रुपैयाँले धेरै हो । सरकराले आर्थिक वर्ष २०८०/०८१ सुरु भएको पहिलो ६ महिनामा नै १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ ऋण लिएको छ।

तपाइँको प्रतिक्रिया