शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:५६ |सिड्नीको समय: २०:५६ |काठमाडौंको समय: १६:४१

राजनीतिक विश्लेषक सुदर्शन आचार्यलाई अख्तियारको सम्मान

एएनजेड खबरफ्रेब्रवरी १२, २०२४

काठमाडौं । स्तम्भकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुरस्कृत भएका छन् । सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत आचार्यलाई अख्तियार दिवसमा पुरस्कृत गरिएको हो ।

आइतवार आयोजित अख्तियार दिवस समारोहमा आचार्यलाई पुरस्कृत गरिए पनि पारिवारिक कामले अष्ट्रेलियामा रहेकाले पछि उपलब्ध गराउने जानकारी दिइएको थियो । सोही समारोहमा अन्य पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो ।

भ्रष्टाचार सम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्युनिकरणमा योगदान पुर्याएवापत आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।

तपाइँको प्रतिक्रिया