शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २३:०१ |सिड्नीको समय: २१:०१ |काठमाडौंको समय: १६:४६

अष्ट्रेलियाका राजदूत पोखरेल भन्छन् : १८ महिनामा धेरै समस्या समाधान भएका छन्

एएनजेड खबरफ्रेब्रवरी ११, २०२४

काठमाडौं । अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो १८ महिने कार्यकालमा धेरै समस्या समाधान भएको बताएका छन् ।

परराष्टमन्त्री एनपी साउदको स्वागतमा जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्ने पोखरेलले दूतावासमार्फत प्रदान गर्ने सेवामा क्रमशः सुधार गर्दै लगेको बताएका हुन् । उनले भने, ‘मेरो कार्यकालमा दूतावासमा अनलाइन पेमेण्ट, टेलिफोन रेस्पोन्स, सेवा प्रवाहमा धेरै सुधार आएको छ ।’

राजदूत पोखरेलले वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि पासपोर्ट नविकरणका लागि घुम्ति शिविर यही महिनाको अन्त्यमा पठाउने जानकारी दिदै दूतावासमा जुनसुकै समयमा पासपोर्ट नविकरण गरिने जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले नेपाल सरकारले पासपोर्ट नविकरण सहजरुपमा गरिदिन आग्रह गरेपछि पोखरेलले उक्त प्रतिक्रिया दिएका हुन् । अष्ट्रेलियामा अन्य धेरै समस्या नभएपनि पासपोर्ट नविकरण मुख्य समस्या रहने गरेको स्थानीयहरु बताउने गर्छन् । नेपालीहरुले पासपोर्ट वनाउन तथा नविकरणका लागि धेरै सास्सी खेप्नु परेको गुनासो उनीहरुको छ ।

कार्यक्रममा मन्त्री साउदले नेपाली डायस्पोराको साइज अष्ट्रेलियामा बढेकोमा सरकारले प्राथमिकतामा राखेर हेर्ने बताए । सरकारले दक्षिण एसियामा नै पहिलो पटक इ–पासपोर्ट बनाउन शुरु गरेको जानकारी दिदै मन्त्री साउदले भने,‘हामीले सार्क देशमानै पहिलो पटक इपासपोर्ट ल्यायौ, सरकारले धेरै सकारात्मक कार्य गरेको छ, राम्रो कामको प्रतिक्रिया विदेशमा रहेका नेपालीले गर्नुपर्छ, जसले गर्दा सकारात्मकता जाग्छ ।’

मन्त्री साउदले विभिन्न देशमा रहेका नेपालीहरुले पासपोर्ट नविकरणमा झेल्नु परेको समस्या नजिकबाट जानकार भएको बताउँदै अवको केही महिनामा नै समस्या हल हुने प्रतिक्रिया दिए ।

तपाइँको प्रतिक्रिया