शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:२३ |सिड्नीको समय: ००:२३ |काठमाडौंको समय: २०:०८

अष्ट्रेलियामा कामदारहरुले अब सम्पर्कविहीन हुने अधिकार पाउने

एएनजेड खबरफ्रेब्रवरी ७, २०२४

काठमाडौं । अष्ट्रेलियामा रहेका नेपाली तथा अन्य कामदारहरुका लागि नयाँ खबर आएको छ । रोयटर्सकाअनुसार अष्ट्रेलियामा काम गर्ने कामदारहरुले आफ्नो ड्युटीको अवधिबाहेकको समयमा आएका अनावश्यक कलहरु बेवास्ता गर्न पाउनेछन् ।

अष्ट्रेलियामा यससँग सम्बन्धि कानुन ल्याउन लागिएको छ । राइट टु डिसकनेक्ट अर्थात सम्पर्कविहीन हुने अधिकारका रुपमा यो कानुनलाई ल्याउन लागिएको हो ।

उक्त कानुनअनुसार कार्यसमयभन्दा बाहेकको समयमा आउने अनावश्यक फोन तथा म्यासेजहरुलाई बेवास्ता गर्न सकिनेछ । यसो गरेमा उनीहरुलई कुनै पनि किसिमको जरिवाना हुनेछैन । बरु मालिकलाई भने कानुनको उल्लंघन गरेको आरोपमा कारबाही हुन सक्नेछ ।

यो कानुन कर्मचारीहरुको व्यक्तिगत जीवन र कार्यजीवनबीचको सन्तुलन कायम गर्नका लागि ल्याउन लागिएको समाचारमा जनाइएको छ । अष्ट्रेलियाको संसदमा पेश गरिएको यो विधेयक पारित भएपछि कर्मचारीहरुको आफ्नो जीवनप्रतिको अधिकारलाई सुनिश्चित गर्ने बताइएको छ ।

यस्तो कानुन यसअघि फ्रान्स, स्पेन र युरोपेली संघका विभिन्न देशहरुमा लागू भइसकेका छन् । उक्त कानुन अनुसार कुनै पनि कर्मचारीले आफ्नो कार्य समय सकिएपछि र कार्यालयबाट बाहिरिएपछि आफ्नो फोन वा सम्पर्क हुने उपकरणलाई अफ गरेर बस्न सक्छन् ।

तपाइँको प्रतिक्रिया