शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:५४ |सिड्नीको समय: २२:५४ |काठमाडौंको समय: १८:३९

प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली

एएनजेड खबरफ्रेब्रवरी १, २०२४

काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै इराक पुग्ने गरेका छन् । गैरकानुनी रूपमा इराक पुगे पनि त्यहाँ पुगेपछि भने कानुनी रूपमै बसोबास गर्न पाउँछन् ।

‘यहाँ आउने त सबै गैरकानुनी रूपमै हो, तर यहाँ आइतपुगेपछि कानुनी रूपमै बसेका हुन्छन्,’ अध्यक्ष श्रेष्ठले इराकबाट भने, ‘गैरकानुनी बाटो हुँदै यहाँ आउने नेपाली महिला कामदारलाई बिरामी हुँदा भने औषधि उपचार गर्न समस्या हुने गर्छ ।’ श्रेष्ठका अनुसार इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् ।

सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनहरूले बताउने गरेका छन् । दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । गैरकानुनी बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।

तपाइँको प्रतिक्रिया