शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:५५ |सिड्नीको समय: ००:५५ |काठमाडौंको समय: २०:४०

डोनाल्ड ट्रम्पले आठ करोड ३३ लाख अमेरिकी डलर तिर्नुपर्ने

एएनजेड खबरजनवरी २८, २०२४

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ ।

फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

यस मुद्दामा सुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दा’दयगत आक्रामक धारणा सार्वजनिक गरेका थिए भने पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर नै थिए ।

क्यारोलले भनेका छन्, ‘यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।’

तपाइँको प्रतिक्रिया