शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:४४ |सिड्नीको समय: ००:४४ |काठमाडौंको समय: २०:२९

अष्ट्रेलिया डे काठमाडौंमा धुमधाम : उपराष्ट्रपतिदेखि मन्त्रीहरु सहभागी

एएनजेड खबरजनवरी २६, २०२४

काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय दिवस अर्थात अष्ट्रेलिया नेशनल डे विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जनवरी २६ का दिन मनाइने दिवसमा सरकार तथा समुदायस्तरबाट विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ ।

दिवसका अवसरमा नेपालस्थित अष्ट्रेलियन राजदूताबासले एक विशेष समारोहको आयोजना गर्यो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपसभामुख इन्दिरा रानामगर, वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोलगायत उद्योगी, व्यवसायी, कूटनीतिज्ञ, संचारकर्मी एवम शुभेच्छुकहरुको वाक्लो उपस्थिति थियो ।

समारोहमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले अथितिहरुलाई स्वागत गरेकी थिइन । सो अवसरमा भोल्कले नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध एवम आपसी हितका विषयमा चर्चा गरिन ।

दिवसका अवसरमा अष्ट्रेलियाका उपलब्धीहरु, इतिहास साथै अष्ट्रेलियालाई आफ्नो घर बनाएर बसेका सबैको स्मरण गरिएको थियो । नेपालको प्रमुख आर्थिक साझेदारहरूमध्ये एक एवम धेरै नेपाली विद्यार्थीका लागि शिक्षाको एक प्रमुख गन्तव्य मानिएको मुलुक अस्ट्रेलियासँग नेपालको ६ दशक पुरानो सम्बन्ध छ ।

अष्ट्रेलियामा करिब १ लाख ३० हजार बढी नेपाली समुदाय बसोबास गर्छन् । अष्ट्रेलियामा पनि नेपाली तथा अष्ट्रेलियाको सांस्कृतिक महत्व झल्किने विभिन्न कार्यक्रम गरिएको छ ।

अष्ट्रेलिया डेलाई देशका सबै नागरिकलाई एकता सूत्रमा बाँध्ने र सुखद भविष्यको कामना गर्ने दिनका रुपमा लिइन्छ । यो दिनले देशको सांस्कृतिक विविधतालाई आत्मसात गर्दै भविष्यकाप्रति आशावादी हुने प्रेरित गर्ने विश्वास लिइन्छ । तर अष्ट्रेलियाका कतिपय आदिवासी समुदायले भने नेशनल डेको विरोध जनाउने गरेका छन् ।

तपाइँको प्रतिक्रिया