आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०७:२८ |सिड्नीको समय: ०५:२८ |काठमाडौंको समय: ०१:१३

कोरिया जानका लागि हालसम्मकै उच्च आवेदन

एएनजेड खबरजनवरी १७, २०२४

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जानका लागि हालसम्मकै उच्च आवेदन परेको छ । धेरै आवेदन परेपछि विवरण भेरिफाई गर्न समय लाग्ने भएकाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सारिएको छ ।

कोरिया जानका लागि गत डिसेम्बरमा ‘मेन्युफ्याक्चरीङ’ तर्फ खुलेको आवेदनमा १ लाख ६४ हजार जनाले फर्म भरेका छन् । उनीहरुको विवरण भेरिफाइका लागि समय लाग्ने भएकाले आगामी जनवरी २० मा हुने भनिएको भाषा परीक्षा सारिएको बताइएको छ । फेब्रुअरी ६ मा सूचना जारी गरी भाषा परीक्षाको अर्को मिति तोकिने बताइएको छ ।

तपाइँको प्रतिक्रिया