आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:११ |सिड्नीको समय: ०६:११ |काठमाडौंको समय: ०१:५६

नेपालले रुसलाई पठायो तीनपटक कूटनीतिक नोटः आएन नेपालीको शव

एएनजेड खबरजनवरी १६, २०२४

काठमाडौं । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।

हामीले पटकपटक नेपालीको शव पठाउन अनुरोध ग¥यौ तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन ।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो ।

यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन् । दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय ‘अस्तु पठाइदेऊ’ भनेका छौं तर जवाफ अझै आएको छैन ।

रुसले नेपालीहरू रुसी सेनामा भर्ना गर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ । सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्पराअनसार सद्गत गर्ने कुरा उल्लेख भएको हुन्छ । सोही सहमतिपत्रकै आधारमा रुसले नेपालीको शव नेपाल पठाउन इन्कार गरेको हो ।

तपाइँको प्रतिक्रिया