आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:२९ |सिड्नीको समय: ०६:२९ |काठमाडौंको समय: ०२:१४

साना साना समस्याहरुको समाधान गर्न राजदूताबास क्रियाशील छ : राजदूत पोखरेल

एएनजेड खबरजनवरी १५, २०२४

क्यानबेरा । अष्ट्रेलियास्थित आवासीय नेपाली राजदूत कैलाशराज पोखरेलले दूताबास प्रदान गर्ने सेवा सुविधालाई सुधार गर्दै लगेको दावी गरेका छन् । उनले साना तर महत्वपूर्ण कामहरुलाई झन्झटमुक्त बनाएको बताए ।

हालै क्यानबेरामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राजदूत पोखरेलले पासपोर्टको समस्यालाई सुक्ष्म रुपमा अध्ययन गरेर समस्याको समाधान गर्ने प्रयासमा रहेको बताए । ‘पासपोर्टका लागि एपोइटमेन्टका लागि समस्या नहोस भनेर दुई बजेपछि आपतकालीन ढोका खोलेर पनि सेवा सुरु गरेका छौं । ह्यान्डलिङ मेसिनबाट राजश्व तिर्नुपर्ने झन्झटबाट मुक्त गर्न कार्डबाट तिर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने,‘दूताबासमा २५ बर्षदेखि गर्न नसकेका कतिपय काम हाल सुरु भएको छ । पूर्णकालीन कर्मचारीको व्यवस्था गरेर फोन र इमेल सहजीकरणको काम सुरु भइसकेको छ ।’

राजदूत पोखरेलले सेवा लिनका लागि धेरै समय पालो पर्खदा समस्या हुने भएकाले स्क्रीनको व्यवस्था गरेको सुनाए । त्यस्तै सबै स्टेटहरुसँग सहकार्य गरेर नेपालीहरुका समस्या समाधानका लागि प्रयास जारी राखेको बताए । उनले भने,‘यो विचमा उच्चस्तरीय भ्रमणमा कार्यक्रमहरु भएका छन् । उडान ढिला हुने समस्याहरुको समाधानका लागि हल भइरहेका छन् । वास्तवमा साना साना कुराबाट सुविधा दिन पाउँदा खुशी लागिरहेको छ ।’

तपाइँको प्रतिक्रिया