आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:२२ |सिड्नीको समय: ०६:२२ |काठमाडौंको समय: ०२:०७

२० लाख कामदारले जागिर गुमाउन सक्ने : आईएलओ

एएनजेड खबरजनवरी १४, २०२४

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनले यो वर्ष २० लाख कामदारले आफ्नो जागिर गुमाउन सक्ने प्रक्षेपण गरेको छ । विश्वव्यापी बेरोजगारी दर २०२३ मा ५।१ प्रतिशतबाट बढेर ५.२ प्रतिशतमा पुग्नेछ ।

‘विश्व रोजगार र सामाजिक दृष्टिकोण ः प्रवृति २०२४’ शीर्षकको पछिल्लो प्रतिवेदनमा आईएलओले बेरोजगारी र रोजगारीको अन्तर महामारीपूर्वको स्तरभन्दा तल झरेको र २०२४ मा विश्वव्यापी बेरोजगारी बढ्ने बताएको छ ।

यसले बढ्दो असमानता र स्थिर उत्पादकता चिन्ताको कारण भएको बताएको छ । विश्वव्यापी बेरोजगारी दर लगातार तीन वर्षमा घटेको छ । २०१९ मा ६.९ प्रतिशतबाट २०२३ मा ५.१ प्रतिशतमा झरेको छ । प्रतिवेदनले श्रम बजारले आर्थिक अवस्था बिग्रँदै गएको बाबजुद आश्चर्यजनक लचिलोपन देखाएको छ तर महामारीबाट पुनः प्राप्ति असमान रह्यो किनकि नयाँ जोखिम र बहुविध संकटले बृहत्तर सामाजिक न्यायको सम्भावना कम गरिरहेका थिए ।

‘२०२३ को विश्वव्यापी बेरोजगारी दर ५.१ प्रतिशत रहेको थियो, जुन २०२२ को तुलनामा ५.३ प्रतिशतमा सामान्य सुधार भएको थियो । सन् २०२३ मा विश्वव्यापी रोजगारी अन्तर र श्रम बजार सहभागिता दरमा पनि सुधार भएको छ,’ प्रतिवेदनले भनेको छ ।

प्रतिवेदनका अनुसार, २०२० पछि दु्रुत रूपमा घट्ने बाबजुद काम गरिबी कायम रहने सम्भावना थियो, चरम गरिबीमा बस्ने कामदारको संख्या (परचेजिङ पावर समता सर्तहरूमा प्रतिव्यक्ति अमेरिकी डलर २.१५ भन्दा कम कमाउने) २०२३ मा लगभग १ मिलियनले बढेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया