आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०९:४१ |सिड्नीको समय: ०७:४१ |काठमाडौंको समय: ०३:२६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार चेकिङ सहजः थपिए एक्सरे मेसिन

एएनजेड खबरजनवरी १२, २०२४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तिरको भन्सार चेकिङ क्षेत्रमा अहिले निकै सुधार गरिएको छ ।

प्रतिदिन १४ हजार यात्रुको आवागमन हुने गरेपछि ‘एक्सरे’ मेसिनसामु अव्यवस्थित भीड हुने गरेको छ । भीड का कारण लामो समय कुरेर बस्नुपर्ने गुनासो धेरै आउने गरेकोले क्यानसँग समन्वयन गरी विमानस्थलको भन्सार विभाग विस्तार गरिएको हो ।

विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग होस् भनेर अहिले भन्सारमा न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीहरूलाई समेत खटाइएको छ ।

अप्ठेरो र बिरामी यात्रुहरुको सहजको लागि सोफा को व्यवस्था पनि गरिएको छ। त्यसैगरी पहिले दुईओटा मात्र ‘एक्सरे’ मेसिन थियो भने अहिले थपेर चार ओटा बनाइएको छ। जसमा नेपाली, भारतीय र विदेशी नागरिकलाई छुट्टै लाइन र महिलाका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको छ।

तपाइँको प्रतिक्रिया