आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:११ |सिड्नीको समय: ०९:११ |काठमाडौंको समय: ०४:५६

अष्ट्रेलियामा सर्वाधिक बिक्री हुने गाडी फोर्ड रेन्जर, टोयोटा हाइलक्स पछि पर्यो

एएनजेड खबरजनवरी १०, २०२४

एजेन्सी । अस्ट्रेलियामा २८ वर्षदेखि सर्वाधिक बिक्री हुने सवारीको सूचीमा रहेको टोयोटा हाइलक्सलाई उछिन्दै फोर्ड रेन्जर सर्वाधिक बिक्री हुने सवारी बनेको छ । अमेरिकी सवारी उत्पादक कम्पनी फोर्डले उत्पादन गरेको रेन्जर अस्ट्रेलियामा २०२३ भरी सर्वाधिक विक्री भएको हो ।

२०२३ मा अस्ट्रेलियामा फोर्डले ६३ हजार ३ सय ५६ वटा रेन्जर बिक्री गरेको छ । यो संख्या २०२२ को तुलनामा ३३ प्रतिशत धेरै भएको कारएक्सपर्टले लेखेको छ। टोयोटा हाइलक्स २०२३ मा अस्ट्रेलियामा ६१ हजार १ सय ११ वटा बिक्री भएको छ । यो २०२२ को तुलनामा ५ प्रतिशत कम हो।

अस्ट्रेलियमा फोरइन्टुफोर सेगमेन्टका पिकअपको माग धेरै रहेको छ। फोर्डको पिकअप उपयुक्त मूल्यमा आकर्षक भएकाले पछिल्लो केही वर्षयता रेन्जरको बिक्री निरन्तर बढी रहेको थियो। फोर्डको रेन्जर नेपाली बजारमा पनि उपलब्ध रहेको छ। अस्ट्रेलियामा २०२३ मा हालसम्मकै सबैभन्दा धेरै १२ लाख १६ हजार ७ सय ८० वटा सवारी बिक्री भएको थियो ।

तपाइँको प्रतिक्रिया