आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:१८ |सिड्नीको समय: ०९:१८ |काठमाडौंको समय: ०५:०३

कोरियामा कुकुरको मासु सेवन गर्न बन्देज, अटेर गरे तीन वर्षको जेल

एएनजेड खबरजनवरी ९, २०२४

एजेन्सी । दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गरेको छ । कुकुरको मासु खाने चलनले पशुमाथि क्रुर व्यवहार भैरहेको भनेर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना खेपिरहेको दक्षिण कोरियाले अन्ततः दशकौं लामो यो प्रथालाई विधिवत अन्त्य गरिदिएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठककले कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाउने निर्णयमा दलहरुवीच दुर्लभ एकता बनेको कोरिया टाईम्सले उल्लेख गरेको छ । सत्तारुढ र प्रमुख विपक्षी दलले एक स्वरले विधेयक पारित गरेपछि कोरियाले कुकुर खाने विवादास्पद परम्पराको अन्त्य गरेको हो ।

बलियो राजनीतिक सहमतिमा राष्ट्रिय सभामा पेश गरिएको विधेयक सर्वसम्मति अनुमोदन भएको छ । सन् २०२७ देखि लागु हुनेगरी बनेको विधेयकमा मानव उपभोगका लागि मासु खाने उदेश्यले कुकुर पाल्न र कुकुरको मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।

कुकुर पाल्ने र मार्ने गरी कानूनको उल्लंघन गर्नेलाई अधिकतम तीन वर्षको जेल सजाय तीन करोड कोरियन वान जरिवाना र दुई वर्षसम्म जेल सजाय हुनेछ ।

सन् २०२४ को पहिलो छ महिनामा कुकुरको मासु उद्योगसँग सम्बन्धित सरोकारवालाहरू जस्तै किसानहरू, खुद्रा विक्रेताहरू र रेस्टुरेन्ट मालिकहरूलाई उनीहरुको व्यवसाय दर्ता गर्न अनिवार्य गरिएको छ । स्थानीय अधिकारीहरूले ती व्यवसायीलाई व्यवसायको आकार घटाउँदै अन्ततः कुकुरको मासु व्यवसाय पुरै बन्द गर्ने गरी समयअवधि तोकिदिने छन् ।

दर्ता भएका सरोकारवालाहरूलाई उद्योगबाट बाहिर निस्कन र पशुपालन र कृषि जस्ता मानवीय पेशाहरूमा सर्न सरकारले सहयोग गर्ने नीति लिने भएको छ।

तपाइँको प्रतिक्रिया