आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:३१ |सिड्नीको समय: ०९:३१ |काठमाडौंको समय: ०५:१६

भारतसँग भएका सम्झौताहरुका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

एएनजेड खबरजनवरी ६, २०२४

काठमाडौं । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो । बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए ।

समिति सदस्यहरुको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिए ।

सभापति सुवेदीले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु हेर्ने क्षेत्राधिकार कानून समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेको बताए ।

तपाइँको प्रतिक्रिया