आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १४:०० |सिड्नीको समय: १२:०० |काठमाडौंको समय: ०७:४५

साउदी अरबमा १ सय ५ जना नेपालीलाई ‘एक्जिट भिसा’

एएनजेड खबरजनवरी २, २०२४

काठमाडौं । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप १ सय ५ जना नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५३ जना नेपालीले एक्जिट भिसा पाएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित मुलुकको दूतावासले अनुरोध गरेपछि मात्र साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

तपाइँको प्रतिक्रिया