आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:४२ |सिड्नीको समय: १५:४२ |काठमाडौंको समय: ११:२७

अष्ट्रेलिया सरकार भारतीयका लागि लचकः टीआर भिसामा भारतीय विद्यार्थीलाई सुविधा

एएनजेड खबरडिसेम्बर १८, २०२३

काठमाडौं । अष्ट्रेलियाले अध्यापन र अल्पसीप भएका विदेशी नागरिकलाई भिसा सम्बन्धी नियम कडा बनाउने निर्णय गरेपनि भारतीयहरुलाई भने केही सहज हुने देखिएको छ ।

अष्ट्रेलियामा सबैभन्दा बढी चीन र त्यसपछि भारतका विद्यार्थी अध्ययनका लागि पुग्ने गर्छन । विदेशी विद्यार्थीलाई सहज रुपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय क्रमशः भिसासम्बन्धी नियम कठोर बनाउँदै लगेको हो ।

यद्यपी, एकबर्षअघि मात्र भारत र अस्ट्रेलियाबीच खुल्ला व्यापार सम्झौता भएका कारण भारतीय विद्यार्थीहरुलाई केही सहज हुने जनाइएको छ । अन्य अन्तराष्ट्रिय विद्यार्थी भन्दा फरक व्यवस्था गर्दै सरकारले भारतीयहरुका हकमा एकबर्ष भन्दा बढी टीआर भिसामा बस्न र काम गर्न पाउने भएका हुन ।

अष्ट्रेलियाको आप्रवासन प्रणालीलाई पुनःसामान्य अवस्थामा झार्ने नीति अनुरुप नयाँ आप्रवासी नीतिमा भारतका निम्ती केही खुकुलो बनेको हो । वर्तमान सरकारले जारी गरेको नयाँ आप्रवासी नीतिमा टिआर भिसाको अवधी घटाउँदै दुई देखि तीन बर्षसम्म मात्रै कायम गरेको थियो । तर भारतीयहरुका लागि केही लचक बन्दै टिआर भिसा आवेदन गर्नेलाई तीन र पिएडी सकेकाहरुलाई चार बर्ष काम गर्न दिने व्यवस्था सुनिश्चित गरेको छ ।

अन्य मुलुक विद्यार्थीका हकमा जनरल कोर्ष सकेकाहरुलाई २ र पिएडी सक्नेहरुलाई तीन बर्ष टिआर भिसा प्रदान गर्नेछ । अस्ट्रेलियाको यहि विशेष व्यवस्थाले जनरल कोर्ष अन्तरगत मास्र्टस सकेका ४६ हजार र पिएडी गरिरहेका १८ सय भारतीय विद्यार्थीहरु लाभाविन्त हुने अनुमान छ ।

सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर दुई लाख ५० हजार बनाउने लक्ष्य अष्ट्रेलियाले राखेको छ । सन् २०२२–२३ मा अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा धेरै ५ लाख १० हजार विदेशीहरु गएका थिए ।

नयाँ नियम लागु गरेर अष्ट्रेलिया सरकारले पढ्न आउने तर पढाईभन्दा अन्य गतिविधमा संलग्न हुने, आर्थिक उपार्जनतर्फ ध्यान केन्द्रित गर्ने र स्थायी बसोबासका लागि मात्र प्रयत्न गर्ने कार्यमा लगाम लगाउन खोजेको कन्सल्टेन्सी व्यवसायीहरुको बुझाइ छ ।

तपाइँको प्रतिक्रिया