आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:१९ |सिड्नीको समय: १९:१९ |काठमाडौंको समय: १५:०४

पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ शुक्रबार हुने

एएनजेड खबरडिसेम्बर ७, २०२३

काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ।

सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो।

नेपालको सुनुवाइअघि संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। त्यसअघि राजदूत नियुक्तिको औचित्यबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। प्रस्तावित न्यायाधीशको सुनुवाइ भने मंसिर २९ गतेपछि मात्रै हुने बताइएको छ।

तपाइँको प्रतिक्रिया