आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:३५ |सिड्नीको समय: २३:३५ |काठमाडौंको समय: १९:२०

सुन तस्करी प्रकरण – माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

एएनजेड खबरअगस्ट ३१, २०२३

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

उनलाई आज दिउँसो सीआईबीले नियन्त्रणमा लिएको हो। भेपमा लुकाएर भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानको क्रममा समातिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि कुनै पनि अनुसन्धानको प्रक्रिया नबढाएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो । यसै कारण तिब्र दवाबका कारण सरकारले अनुसन्धानको लागी आज उनलाई पक्राउ गरेको हो।

राहुललाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि सीआईबीले सुरुमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद पाएको हो।

तपाइँको प्रतिक्रिया