आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:१८ |सिड्नीको समय: २३:१८ |काठमाडौंको समय: १९:०३

फेक समाचारले मानसिक यातना दिएको भन्दै गायिका समिक्षा अधिकारीले ४ अनलाईन विरुद्ध प्रहरीमा दिईन उजुरी

एएनजेड खबरअगस्ट २८, २०२३

गलत समाचार छापेर आफुलाई मानसिक यातना दिएको भन्दै गायिका समिक्षा अधिकारीले ४ अनलाईन र फेसबुक पेज विरुद्ध उजुरी दिएकी छन्।


जिल्ला प्रहरी कार्यलय कास्कीमा उनले उजुरी दिएकी हुन्। अधिकारीले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ तथा रुटिन अफ बुटवल बन्द नामका पेजहरु विरुद्ध आफुले उजुरी दिएको भन्दै सामाजक संजाल फेसबुक मार्फत बताएकी हुन्।

उनलेआफु विरुद्द विभिन्न अतिरञ्जित कुराहरु लेखि आफुलाई मानसिक यातना दिएको, बिना प्रमाण, विभिन्न समाचारहरु प्रेषित गरि आफ्नो प्रतिष्ठामा आँच आउने कार्य गरेको उजुरीमा उल्लेख गरेकी छन्।

गायिका अधिकारीको अष्ट्रेलियाको भिषा नलागेको बारे आफु विरुद्द अनर्गल प्रचार गरेको भन्दै आक्रोस प्रकट समेत गरेकी छन्। उनी यसअघि अष्ट्रेलिया आएर फर्किए पनि उनले नेपाल पुगेर पुन भिषा आवेदन दिदा भिसा नदिएको समाचार आएको थियो। उनले पहिला अष्ट्रेलिया जाँदा गार्जेनको रूपमा लिएर गएको आफ्नै दिदीलाई अष्ट्रेलिया मै छोडेर नेपाल फर्केको र पुन: अष्ट्रेलिया जान खोज्दा अधिकारीलाई एम्बेसीले कालो सूचिमा राखेको भन्दै विभिन्न संचार माध्यमहरूले समाचार प्रकाशन गरेका थिए।

केही कागजात मिलाउन बाकि रहेको कुरालाई अधिकारीले स्वीकार गरेकी छन् भने नेपालका केही समाजिक संजालले यसै विषयलाई तोडमोड गरि उनलाई अष्ट्रेलियाले कालो सुचिमा राखेको र मानव ओसारपोसार गरेको जस्ता शब्दहरु प्रयोग गरि समाचार प्रकाशन गरेकोले आफुमा गम्भीर मानसिक यातना दिएको भन्दै अधिकारी कानुनी उपचारमा लागेकी हुन्।

तपाइँको प्रतिक्रिया