आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२९ |सिड्नीको समय: २३:२९ |काठमाडौंको समय: १९:१४

अध्यागमन विभागका महानिर्देशक झलकराम गृहमन्त्रालयमा तानिए

एएनजेड खबरअगस्ट २४, २०२३

सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपिसंग नियमति फोन सम्पर्कमा रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन्।

साउन २ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु विभिन्न संचार ,माध्यममा सार्वजनिक भएपछी अधिकारीलाई मन्त्रालयमा तानिएको हो।

अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाइएको थियो।

प्रधानमन्त्रीका विश्वास पात्र मानिएका अधिकारी एकाएक सुन प्रकरणमा मुछिएपछि प्रधानमन्त्री र गृहमन्त्री माथिनै प्रश्न उठेको छ।

तपाइँको प्रतिक्रिया